शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आइतबारको उछालपछि साताभर घट्यो सेयर बजार, पुन: उही बिन्दु वरपर

images
बिहीबार , मंसिर १४ २०८०
images
आइतबारको उछालपछि साताभर घट्यो सेयर बजार, पुन: उही बिन्दु वरपर
images
images

काठमाडौं- यो साता पहिलो कारोबारमा उछाल देखिएको सेयर बजारमा त्यसपछिका सबै कारोबार ओ‌रालो लागेको छ। आइतबार ४७ अंकले बढेको बजार त्यसपछिका चार कारोबारमा ४९.४३ अंकले घटेको हो। 

images
images
images

गएको साता अन्तिम कारोबार सुधारतर्फ देखिएको सेयर बजारमा यो साता वृद्धिमा साथ मिल्नेगरी लामो समयपछि आइतबार ४७.७५ अंकले बढेको थियो। तर त्यसपछि लगातार घट्यो। सोमबार ११.२७ अंकले घटेको बजार मंगलबार २.१७ अंकले घट्यो। बुधबार १७.९३ अंकले घटेको बजार बिहीबार पुन: १८.०६ अंकले घटेको छ।

images
images

बिहीबार १८.०६ अंकले घटेर बजार १८५८.५३ बिन्दुमा झरेको छ। ३२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

सुधारको अपेक्षाविपरीत लामो समयदेखि बजार धरमर गरिरहेको छ। कारोबार पनि लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ।  

अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको छ। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी छैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend