काठमाडौं- सातोको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। बिहीबार नेपाल बजारमा प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ।
यता चाँदीको मूल्य भने घटेको छ। बिहीबार १२ सय ३० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलामा २ रुपैयाँ घटेर १२ सय २५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।