शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नबिल बैंकको साधारणसभा पुस १३ गते

बिहीबार , मंसिर १४ २०८०
नबिल बैंकको साधारणसभा पुस १३ गते

बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते सभा बोलाउने निर्णय गरेको हो।

काठमाडौं- नबिल बैंकले पुस १३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुने तय भएको छ। सभा प्रयोजनका लागि बैंकले गर्ने बुक क्लोजको मिति भने तय भइसकेको छैन।

सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने करसहित ११ प्रतिशत नगद लाभांशको प्रस्ताव पेस गरिने छ। उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend