शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा लगातार गिरावट, बुधबार १७ अंकले घट्यो

बुधबार, मंसिर १३ २०८०
सेयर बजारमा लगातार गिरावट, बुधबार १७ अंकले घट्यो

काठमाडौं- सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। यो साता पहिलो कारोबारमा ४७ अंकले बढेको सेयर बजार त्यसयता निरन्तर ओरालो लागेको हो।

बुधबार १७.९३ अंकले घटेर बजार १८७६.६० बिन्दुमा झरेको छ। ४२ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा एक अर्ब एक करोड ४१ लाख रूपैयाँको कारोबार भएको छ। बुधबार १ सय ९० कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको भने स्थिर रह्यो।

निरन्तर उतारचढावमा देखिएको सेयर बजारमा आइतबार उछाल देखिएको थियो। आइतबार ४७.७५ अंकले बढेर १९०७.९५ बिन्दुमा पुगेको बजारमा सोमबार ११.२७ अंकको गिरावट आएको थियो भने मंगलबार बजार २.१७ अंकले घटेको थियो।

सुधारको अपेक्षाविपरीत लामो समयदेखि बजार धरमर गरिरहेको छ। कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ। अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको छ। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी छैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।


प्रकाशित : बुधबार, मंसिर १३ २०८००९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend