शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

राष्ट्र बैंकले परिवर्तन गर्‍यो कालोसूचीसम्बन्धी व्यवस्था, धितो लिलामीको अवधि ३५ दिनबाट बढाएर ९० दिन कायम

images
बुधबार, मंसिर १३ २०८०
images
राष्ट्र बैंकले परिवर्तन गर्‍यो कालोसूचीसम्बन्धी व्यवस्था, धितो लिलामीको अवधि ३५ दिनबाट बढाएर ९० दिन कायम

नियमितरुपमा कर्जा भुक्तानी नगर्ने ऋणीहरुको धितो लिलामी गर्नेक्रम बढेपछि राष्ट्र बैंकले ५५ दिनको म्याद थपेर केही सहजीकरणको गरेको हो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै कालोसूची राख्नेसम्बन्धी म्याद ३५ दिनबाट बढाएर ९० दिन कायम गरेको छ।

images
images
images

नियमितरुपमा कर्जा भुक्तानी नगर्ने ऋणीहरुको धितो लिलामी गर्नेक्रम बढेपछि राष्ट्र बैंकले ५५ दिनको म्याद थपेर केही सहजीकरणको गरेको छ।

images
images

ज्वाइन्ट भेन्चर कम्पनीहरुको धितो लिलामीको हकमा समेत उक्त व्यवस्था लागु हुने राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत व्यवस्था गरेको छ। कुनै पनि जेभी कम्पनी कालोसूचीमा परेकै कारण सोही जेभीमा आबद्ध अन्य फर्म वा कम्पनीलाई कालोसूचीमा राख्नुनपर्ने व्यवस्था राष्ट्र बेंकले गरेको छ।

images
images

ज्वाइन्ट भेन्चर(जेभी) को कालोसूचीसम्बन्धी प्रावधानमा राष्ट्र बैंक नरम भएको छ। कालोसूचीमा परेको कुनै पनि जेभीमा आबद्ध भएकै कारण कुनै पनि कम्पनी वा संस्थालाई कालोसूचीमा राख्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यस्तै कालोसूचीमा नरहेको कुनै फर्म वा कम्पनी अर्को कुनै कालोसूचीमा समावेश भएको फर्म वा कम्पनीसँग जेभीमा रहेकै कारण उक्त जेभीको निक्षेप खाता सञ्चालन गर्न तथा कर्जा कारोबार गर्न कुनै पनि बाधा नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 


प्रकाशित : बुधबार, मंसिर १३ २०८००८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend