आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

वृद्धिमा जाने अपेक्षाविपरीत सेयर बजार पुन: धरमरायो, विश्वस्त छैनन् लगानीकर्ता

मंगलबार, मंसिर १२ २०८०
वृद्धिमा जाने अपेक्षाविपरीत सेयर बजार पुन: धरमरायो, विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा उछाल देखिए पनि लगातार दुई कारोबारमा ओरालो लागेको छ। सुधारको अपेक्षाविपरीत लामो समयदेखि बजार धरमर गरिरहेको छ। कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ।  

गएको साता अन्तिम कारोबार सुधारतर्फ देखिएको सेयर बजारमा यो साता वृद्धिमा साथ मिल्नेगरी लामो समयपछि आइतबार ४७.७५ अंकले बढेको थियो। तर सोमबार ११.२७ अंकले घटेको बजार मंगलबार पुन: घटेको छ। 

मंगलबार २.१७ अंकको झिनो गिरावटसँगै बजार १८९४.५३ बिन्दुमा झरेको छ। १०२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ। १२६ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको छ। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी छैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।


प्रकाशित : मंगलबार, मंसिर १२ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend