आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एकदिन पनि टिकेन सेयर बजारको उछाल, उतारचढावबीच पुन: घट्यो

सोमबार, मंसिर ११ २०८०
एकदिन पनि टिकेन सेयर बजारको उछाल, उतारचढावबीच पुन: घट्यो

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा उछाल देखिए पनि दोस्रो कारोबार नै ओरालोतिर लागेको छ। आइतबार ४७.७५ अंकले बढेको बजारमा सोमबार त्यहीअनुरुप साथ मिल्न सकेन। 

गएको साता अन्तिम कारोबार सुधारतर्फ देखिएको सेयर बजारमा यो साता वृद्धिमा साथ मिल्नेगरी लामो समयपछि आइतबार ठूलो अंकमा बढेको थियो। तर सोमबार ११.२७ अंकले घटेर बजार १८९६.६७ बिन्दुमा झरेको छ। ६५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ।  

अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको छ। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। सेयर कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी छैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।



प्रकाशित : सोमबार, मंसिर ११ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend