आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

ग्लोबल आईएमई बैंकद्वारा बैतडीको पाटनमा ३५१औँ शाखा विस्तार

सोमबार, मंसिर ११ २०८०
ग्लोबल आईएमई बैंकद्वारा बैतडीको पाटनमा ३५१औँ शाखा विस्तार

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। 

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडी जिल्लाको पाटन नगरपालिकास्थित पाटनबजारमा ३ सय ५१औँ शाखा विस्तार गरेको छ।

बैंकले मंसिर १० गते आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ। पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको उद्घाटन गरेका थिए।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। 

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।


प्रकाशित : सोमबार, मंसिर ११ २०८००५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend