आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा लगातार स्थिर

सोमबार, मंसिर ११ २०८०
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा लगातार स्थिर

डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ।

काठमाडौं- अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा लगाार स्थिर देखिएको छ।

१ अमेरिकी डलरको बिक्री दर शनिबार हालसम्मकै उच्च १३३.७० रुपैयाँ पुगेको थियो। आज सोमबार पनि अमेरिकी डलरको मूल्य सोही बिन्दुमा स्थिर रहेको हो। १ अमेरिकी डलरको खरिद दर १३३.१० रुपैयाँ रहेको छ।

डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ।

आइतबार १ युरोको बिक्री दर १४५.२५ रुपैयाँ र बिक्री दर १४५.९१ रुपैयाँ थियो। आज १ युरोको खरिद दर १४५.६२ र बिक्री दर १४६.२८ रुपैयाँ कायम भएको छ।

यस्तै १ पाउण्डको बिक्री दर आज १६७.७७ रुपैयाँ र बिक्री दर १६८.५३ रुपैयाँ तय भएको छ। हिजो १ पाउण्डको बिक्री दर १६७.९० रुपैयाँ र खरिद दर १६७.१५ रुपैयाँ थियो।


प्रकाशित : सोमबार, मंसिर ११ २०८००१:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend