आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दशकयताकै कम लाभांश प्रस्ताव गरेसँगै नबिलको सेयर मूल्यमा ठूलो गिरावट, पाँच वर्षयताकै सस्तो

बिहीबार , मंसिर ७ २०८०
दशकयताकै कम लाभांश प्रस्ताव गरेसँगै नबिलको सेयर मूल्यमा ठूलो गिरावट, पाँच वर्षयताकै सस्तो

काठमाडौं- नबिल बैंक लिमिटेडले सेयरधनीलाई १० वर्षयताकै कम लाभांश दिने प्रस्ताव गरेसँगै लगानीकर्ता त्रासमा देखिएका छन्। जसमा बिहीबार एकैदिन प्रतिकित्ता ४६ रुपैयाँले सेयर मूल्य घटेको छ।

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जुन लाभांश १० वर्षयताकै कम हो। बैंकको मंसिर ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

बिहीबार ८.२० प्रतिशतले घटेको सेयर मूल्य ५१५ रुपैयाँमा अन्तिम करोबार भएको छ। कुनै समयमा २ हजार रुपैयाँसम्म पुगेको सेयर मूल्य अहिले घटेर पाँच वर्षयताकै सस्तो भएको छ।

बिहीबार प्रतिकित्ता २ लाख ५४ हजार कित्ता कारोबार हुँदा १३ करोड १० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।  यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। बैंकले यस वर्ष नगद लाभांशमात्रै वितरण गर्ने भएको छ।

अघिल्लो आवको मुनाफाबाट गत वर्ष बैंकले सेयरधनीलाई ११ दशमलव ५ प्रतिशत नगद लाभांश र १८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend