आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

निरन्तर उतारचढावमा रहेको सेयर बजार लगातार दोस्रो दिन वृद्धितर्फ

बिहीबार , मंसिर ७ २०८०
निरन्तर उतारचढावमा रहेको सेयर बजार लगातार दोस्रो दिन वृद्धितर्फ

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजार यो साता लगातार दोस्रो कारोबारमा वृद्धितर्फ लागेको छ। पहिलो कारोबारमा सोमबार स्थिर रहँदै मंगलबार ओरालो लागेको सेयर बजार बुधबार र बिहीबार वृद्धितर्फ देखिएको छ। 

बिहीबार ९.८७ अंकको वृद्धिसँगै बजार १८६०.२० बिन्दुमा पुगेको छ। १६१ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ। 

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। अहिलेको वृद्धिपछि पनि स्‍थायी वृद्धितर्फ जानेमा लगानीकर्ताहरू विश्वस्त छैनन्।  

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। सेयर कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी देखिँदैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

यो साता सोमबार १.३९ अंकले बढेर बजार १८५३.४८ बिन्दुमा पुगेको थियो भने मंगलबार २३.८२ अंकले घटेर बजार १८२९.६५ बिन्दुमा झरेको थियो। बुधबार २०.६७ अंकले बढेर बजार १८५०.३३ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend