आइतबार, मंसिर ९ गते २०८१    
images
images

कात्तिकमा आयात ३.७९ प्रतिशतले घट्यो, निर्यात पनि ७.६८ प्रतिशतले ऋणात्मक

images
बिहीबार , मंसिर ७ २०८०
images
images
कात्तिकमा आयात ३.७९ प्रतिशतले घट्यो, निर्यात पनि ७.६८ प्रतिशतले ऋणात्मक

गत वर्षको कात्तिकसम्ममा ५४ अर्ब ७७ करोड रुपैयाँ निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५० अर्ब ५६ करोड रुपैयाँको मात्रै निर्यात भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा आयात गत वर्षको तुलनामा ३.७९ प्रतिशतले घटेको छ।

images
images
images

गत वर्षको यसै अविधिमा ५ खर्ब ३२ अर्ब रुपैयाँ आयात भएकोमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा ५ खर्ब १६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

images

चालु आर्थिक वर्षको असोज महिनामा भने आयात बढेको थियो। असोजमा करिब १ खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। कात्तिकमा भने १ खर्ब ५ अर्ब रुपैयाँको मात्रै वस्तु आयात भएको छ।

images

आयातसँगै निर्यात पनि घटेको छ। गत वर्षको कात्तिकसम्ममा ५४ अर्ब ७७ करोड रुपैयाँ निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५० अर्ब ५६ करोड रुपैयाँको मात्रै निर्यात भएको छ।

आयात निर्यात दुबै घटेकाले कात्तिकमा व्यापार घाटा ३.३४ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको चार महिनामा कुल व्यापार घाटा ४ खर्ब ६२ करोड रहेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ४ खर्ब ७८ करोड रुपैयाँ रहेको थियो।


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend