आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नबिल बैंकको सेयरधनीलाई दशकयताकै कम लाभांश प्रस्ताव

बिहीबार , मंसिर ७ २०८०
नबिल बैंकको सेयरधनीलाई दशकयताकै कम लाभांश प्रस्ताव

बैंकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जुन लाभांश १० वर्षयताकै कम हो।

काठमाडौं- नबिल बैंक लिमिटेडले सेयधनीलाई १० वर्षयताकै कम लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जुन लाभांश १० वर्षयताकै कम हो। बैंकको मंसिर ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। बैंकले यस वर्ष नगद लाभांशमात्रै वितरण गर्ने भएको छ।

अघिल्लो आवको मुनाफाबाट गत वर्ष बैंकले सेयरधनीलाई ११ दशमलव ५ प्रतिशत नगद लाभांश र १८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

कुन वर्ष कति ?

nabil.JPG


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend