आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कर्जा प्रवाह अझै बढ्न सकेन, कर्जा निक्षेप अनुपात ८१.१४ प्रतिशतमा झर्‍यो

बुधबार, मंसिर ६ २०८०
कर्जा प्रवाह अझै बढ्न सकेन, कर्जा निक्षेप अनुपात ८१.१४ प्रतिशतमा झर्‍यो

कर्जा निक्षेप अनुपातसँगै बैंकहरुको अन्तर बैंक ब्याजदर पनि घटेको छ। सोमबारसम्ममा बैंकहरुको अन्तर बैंक ब्याजदर २.५३ प्रतिशतमा सीमित भएको छ। यसअघि अन्तर बैंक ब्याजदर २.८० प्रतिशत रहेको थियो। 

काठमाडौं- पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्न थाले पनि कर्जा प्रवाह भने बढ्न सकेको छैन। राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्ममा कुल ८ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको छ। यस अवधिमा कर्जा प्रवाह भने २ अर्बले घटेको छ।

मंसिर ३ गतेसम्म बैंकिङ प्रणालीमा ५९ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २ दिनमा ८ अर्बले बढेर ५९ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

यस्तै, आइतबारसम्म बैंकिङ प्रणालीमा कुल ४९ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा सोमबारसम्म २ अर्बले घटेर ४९ खर्ब ७७ अर्ब कायम भएको छ। निक्षेप संकलन बढेर कर्जा प्रवाह घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत कर्जा निक्षेप अनुपात पनि घटेको छ।

यसअघि ८१.२८ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात घटेर ८१.१४ प्रतिशतमा कायम भएको छ। कर्जा निक्षेप अनुपातसँगै बैंकहरुको अन्तरबैंक ब्याजदर पनि घटेको छ। सोमबारसम्ममा बैंकहरुको अन्तरबैंक ब्याजदर २.५३ प्रतिशतमा सीमित भएको छ। यसअघि अन्तरबैंक ब्याजदर २.८० प्रतिशत रहेको थियो। 


प्रकाशित : बुधबार, मंसिर ६ २०८०१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend