आइतबार, मंसिर ९ गते २०८१    
images
images

एकदिन स्थिर र एकदिनको ओरालोपछि दोहोरो अंकले बढ्यो सेयर बजार

images
बुधबार, मंसिर ६ २०८०
images
images
एकदिन स्थिर र एकदिनको ओरालोपछि दोहोरो अंकले बढ्यो सेयर बजार
images
images

काठमाडौं- यो साता पहिलो कारोबारमा सोमबार स्थिर रहँदै मंगलबार ओरालो लागेको सेयर बजार बुधबार वृद्धितर्फ देखिएको छ।

images
images
images

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

images

बुधबार २०.६७ अंकले बढेर बजार १८५०.३३ बिन्दुमा पुगेको छ। १९५ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ। ४० कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। सेयर कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी देखिँदैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

यो साता सोमबार १.३९ अंकले बढेर बजार १८५३.४८ बिन्दुमा पुगेको थियो भने मंगलबार २३.८२ अंकले घटेर बजार १८२९.६५ बिन्दुमा झरेको थियो। 


प्रकाशित : बुधबार, मंसिर ६ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend