काठमाडौं- बिहीबार सुन र चाँदीको मूल्यमा समान्य हेरफेर भएको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ। बुधबार सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। बुधबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १२ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।