आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लाभांशको त्रासले हिमालयन डिष्टिलरीका लगानीकर्ताले दुई दिनमै गुमाए प्रतिकित्ता २४५ रुपैयाँ

मंगलबार, मंसिर ५ २०८०
लाभांशको त्रासले हिमालयन डिष्टिलरीका लगानीकर्ताले दुई दिनमै गुमाए प्रतिकित्ता २४५ रुपैयाँ

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले दुई दिनमै प्रतिकित्ता २४५ रुपैयाँ गुमाएका छन्। कम्पनीको सेयर मूल्य सोमबार प्रतिकित्ता १३१ रुपैयाँ घटेकोमा मंगलबार ११४ रुपैयाँले घटेको छ।

बिक्रीको चाप भएपछि सबैभन्दा बढी कारोबारसमेत हिमालयन डिष्टिलरीको भएको छ। सोमबार ७ प्रतिशतले घटेको सेयर मूल्य मंगलबार पनि ६.५९ प्रतिशत घटेको छ। सेयर मूल्यमा उच्च गिरावट आएको छ। लाभांश गत वर्षभन्दा घट्ने अनुमानका कारण बिक्रीमा चाप परेको अनुमान गरिएको छ। 

मंगलबार कम्पनीको सेयर मूल्य १६२२ रुपैयाँमा कारोबार भएको छ। ४७ हजार ८ सय ८९ कित्ता कारोबार हुँदा ७ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। 

hdl a.JPG

कुनै समय ८ हजार प्रतिकित्तासम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले घटेर १६२२ रूपैयाँमा कारोबार भएको छ। कम्पनीको सेयर एक वर्षअगाडि भने ४ हजार रूपैयाँसम्ममा कारोबार भएको थियो। 


प्रकाशित : मंगलबार, मंसिर ५ २०८०१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend