सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

अर्थतन्त्र सुधारका लागि सुझाव लिन बैठक सुरु, निजी क्षेत्रसहित अर्थशास्त्री र मन्त्रीहरू सहभागी

मंगलबार, मंसिर ५ २०८०
अर्थतन्त्र सुधारका लागि सुझाव लिन बैठक सुरु, निजी क्षेत्रसहित अर्थशास्त्री र मन्त्रीहरू सहभागी

प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि भन्दै गोलमेच सम्मेलन गर्ने भनेता पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले असन्तुष्टी राखेपछि छलफल मात्रै आयोजना गरिएको हो।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको विषयमा छलफल गर्न बोलाएको बैठकमा सरकारका मन्त्रीहरू र निजी क्षेत्रसहित अर्थविदहरू पनि सहभागी भएका छन्। 

बैठकमा राष्ट्र बैंकका गभर्नरसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, बैंकर्स संघलगायतका प्रतिनिधिको उपस्थिति छ। 

बालुवाटारमा जारी बैठकमा पाँच मन्त्रीसहित योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् स्वार्णिम वाग्ले, पूर्वअर्थमन्त्रीहरू पनि सहभागी भएका छन्।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सीएनआईका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्षहरू, वरिष्ठ उपाध्यक्षहरू पनि सहभागी भएका छन्।

प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि भन्दै गोलमेच सम्मेलन गर्ने भनेता पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले असन्तुष्टी राखेपछि छलफल मात्रै आयोजना गरिएको हो।  

sarkar byapari chhalfal.jpg

उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, भूमिसुधार, सहरी विकास मन्त्री, कृषि तथा पशुपन्क्षी विकास मन्त्री लगायत उपस्थित भएका छन्।

बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा दुवै डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र पुगेका छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि बैठकमा सहभागी छन्।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवाल पनि सहभागी छन्। अर्थशास्त्री विश्वास गौचन पनि बैठक गएका छन्। 

समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो। अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मंगलबार सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो।


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend