आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सोमबार स्थिर देखिएको सेयर बजार मंगलबार राताम्य, ९५ करोडको मात्र कारोबार

मंगलबार, मंसिर ५ २०८०
सोमबार स्थिर देखिएको सेयर बजार मंगलबार राताम्य, ९५ करोडको मात्र कारोबार

काठमाडौं- यो साता पहिलो कारोबारमा सोमबार स्थिर देखिएको सेयर बजार मंगलबार ठूलो अंकले घटेको छ। चाडपर्व अघिको समयमा सुखद हुन नसकेको बजार अहिले पुन: उही अवस्थामा नकरात्मक बनिरहेको छ। 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। सेयर कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी देखिँदैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

मंगलबार २३.८२ अंकले घटेर बजार १८२९.६५ बिन्दुमा झरेको छ। ३१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको मात्र कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सोमबार १.३९ अंकले बढेर बजार १८५३.४८ बिन्दुमा पुगेको थियो। त्यसअघि दसैँ र तिहारबीचमा १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो भने बाँकी ६ दिनमा बजार ९२ अंकले घटेको थियो। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ को यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा छ। 

अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend