काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ करोड भन्दा बढी रकम खर्चिएर सरसफाइ गरिने भएको छ।
विमानस्थलको डोमेस्टिक टर्मिनल भवनमा शौचालयसहितको सरसफाइ गर्नका लागि ३ करवड ५९ लाख रुपैयाँ खर्च हुने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले यसका लागि श्रेष्ठ सरसफाईलाई ठेक्का दिने निर्णय गरेको हो। यो रकममा टर्मिनल बाहेक एप्रोन तथा समग्र विमानस्थल क्षेत्रभित्रको सरसफाइ गरिने छ।
त्यस्तै प्राधिकरणले दुईवटा पार्किङवे को पुनरुद्धारको लागि ७ करोड ७३ लाख खर्चिने भएको छ। प्राधिकरणले ५ र ७ नम्बररको अन्तर्राष्ट्रिय पार्किङ वे पुनरुद्धारको लागि उमा एण्ड एवान जेभीलाई ७ करोड ७३ लाख ४५ हजार रुपैयाँमा ठेक्का दिने निर्णय गरेको छ।