शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हिमालयन डिष्टिलरीको सेयर मूल्य एकैदिन ७ प्रतिशतले घट्यो, लाभांशको सूचनाले ठूला लगानीकर्ता बाहिरिएको आशंका

images
सोमबार, मंसिर ४ २०८०
images
हिमालयन डिष्टिलरीको सेयर मूल्य एकैदिन ७ प्रतिशतले घट्यो, लाभांशको सूचनाले ठूला लगानीकर्ता बाहिरिएको आशंका
images
images

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ। तिहारपछि खुलेको सेयर बजारमा पहिलो दिन नै ७ प्रतिशतले सेयर मूल्य घटेको छ।

images
images
images

सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१ रुपैयाँले घटेर १७३७ रुपैयाँमा कारोबार भएको छ। ४१ हजार ९ सय ४२ कित्ता कारोबार हुँदा ७ करोड ३६ लाख रुपैयाँको कारोकार भएको छ। कम्पनीको सेयर सोमबार धेरै कारोबार हुने सूचीमा पहिलो रहेको छ। 

images
images

कुनै समय ८ हजार प्रतिकित्तासम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले घटेर १७३७ रूपैयाँमा कारोबार भएको छ। कम्पनीको सेयर एकवर्ष अगाडि भने ४ हजार रूपैयाँसम्म कारोबार भएको थियो। गतवर्षको लाभांश घोषणा गर्न बाँकी रहेको कम्पनीको सेयर मूल्यमा गिरावट आउनुले आशंका उब्जिएको छ। लाभांशको सूचना पाएका ठूला कारोबारीले सेयर बिक्री गरेर बाहिरिँदा सेयर मूल्य घटेको हो।

images
images

लिमिटेडको चालु आर्थिक वर्षको पहिलो तीन महिना आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.२४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २९.७० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९७ करोड १८ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३८.७० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.५५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रूपैयाँ ५२ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०७.२२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ४१ पैसा रहेको छ।


प्रकाशित : सोमबार, मंसिर ४ २०८०१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend