सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश दिने

सोमबार, मंसिर ४ २०८०
नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश दिने

काठमाडौं- नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०.५५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। 

बैंकले घोषणा गरेको लाभांशमध्ये ६.८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यस्तै बैंकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत मात्रै बोनस दिने तयारी गरेको छ।

उक्त लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको साधारणसभाबाट पारित भएसँगै लगानीकर्ताले प्राप्त गर्नेछन्। बैंकको हाल चुक्त पुँजी १० अर्ब १२ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : सोमबार, मंसिर ४ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend