आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपालमा एडीबीको १० अर्ब डलर लगानी, प्राथमिकतामा ऊर्जा  

आइतबार, मंसिर ३ २०८०
नेपालमा एडीबीको १० अर्ब डलर लगानी, प्राथमिकतामा ऊर्जा  

कुल लगानीको २०.६५ प्रतिशत ऊर्जामा लगानी रहेको छ। एडीबीले ऊर्जामा १ अर्ब ७० करोड २० लाख डलर लगानी गरेको छ। 

काठमाडौं- एसियाली विकास बैंकले नेपालमा हालसम्म १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ। ऋण तथा अनुदान गरी विभिन्न क्षेत्रमा एडीबीले नेपालमा हालसम्म १० अर्ब ९० करोड अमेरिकी डलरभन्दा धेरै लगानी गरेको छ। 

एडीबीले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२२ सम्म आफ्नै कोषबाट ८ अर्ब १७ करोड डलर र बाँकी विभिन्न साझेदारी कोषबाट ऋण तथा अनुदान लगानी प्रदान गरेको छ। 

सन् २०२२ सम्म पुग्दा एडीबीले आफ्नै कोषबाट गरेको लगानीमध्ये सबैभन्दा धेरै ऊर्जामा लगानी पुगेको छ। कुल लगानीको २०.६५ प्रतिशत ऊर्जामा लगानी रहेको छ। एडीबीले ऊर्जामा १ अर्ब ७० करोड २० लाख डलर लगानी गरेको छ। 

त्यस्तै दोस्रो प्राथमिकतामा यातायात रहेको छ। यसमा १८.९० प्रतिशत रहेको छ। एडीबीले यातायत पूर्वाधार क्षेत्रमा हालसम्म १ अर्ब ५५ करोड डलर लगानी गरेको छ। 

त्यस्तै कृषि, प्राकृतिक स्रोत र ग्रामिण विकास रहेको छ। यसमा १७.४६ प्रतिशत रहेको छ। 

शिक्षा, स्वास्थ्य, सार्वजनिक क्षेत्र व्यवस्थापन, सहरी विकास तथा खानेपानीमा एडीबीले प्राथमिकताका साथ लगानी गरेको छ। 

पछिल्लो समय एडीबीले नेपालको ऊर्जा तथा सडक पूर्वाधारमा लगानी बढाउँदै गएको छ। दातृ निकायमा सामाजिक बाहेकका क्षेत्रमा लगानी गर्नेमा एडीबी अग्रणी रहेको छ। 

ऋण सम्झौता भएकोमध्ये सन् २०२२ सम्म ६० प्रतिशत खर्च भएको छ भने बाँकी स्रोतको खर्च हुन बाँकी रहेको छ। ऋण सम्झौता भएर खर्च हुन बाँकी पोर्टफोलियो पनि ठूलै रहेको छ। चालु आर्थिक वर्षमा पनि एडीबीले करिब २० करोड डलरमाथिको ऋण सम्झौता गरिसकेको छ। 


प्रकाशित : आइतबार, मंसिर ३ २०८००९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend