सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

आशा लघुवित्तमा एकैपटक २ सय कर्मचारीले दिए सामूहिक राजीनामा

शनिबार, मंसिर २ २०८०
आशा लघुवित्तमा एकैपटक २ सय कर्मचारीले दिए सामूहिक राजीनामा

आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्।

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्।

मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्।

साबिक राष्ट्र उत्थानका २ सय कर्मचारीले हेटौँडामा उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन्। उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन्।

आशाले राष्ट्र उत्थानलाई प्राप्ति गरेपश्चात् आशा लघुवित्त वित्तीय संस्था लि. को नाममा गत असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो। एकीकृत कारोबार सुरु भएको ४ महिनासम्म व्यवस्थापन परिसक्नुको सट्टा उल्टै कर्मचारीमाथि अन्याय गरेपछि आन्दोलनको तयारीसहित राजीनामा घोषणा गरेको उनीहरूको भनाइ छ।


प्रकाशित : शनिबार, मंसिर २ २०८०१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend