आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

५५ मध्ये आधा दर्जन लघुवित्तको मात्रै सेयरधनीलाई लाभांश, कुनको कति?

images
शुक्रबार, मंसिर १ २०८०
images
५५ मध्ये आधा दर्जन लघुवित्तको मात्रै सेयरधनीलाई लाभांश, कुनको कति?

गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा आधा दजर्न अर्थात ६ लघुवित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। 

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा आधा दजर्न अर्थात ६ लघुवित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। 

images
images
images

युनिक नेपाल लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सर्पोट लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन्। नेपाल स्टक एक्सचेन्ज ५५ ओटा लघुवित्त वित्तीय संस्था सूचीकृत रहेका छन्। 

images
images

यी कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि  वितरण गर्ने प्रस्ताव गरेको हो। यस कम्पनीले पहिलो पटक सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो। 

images
images

त्यस्तै दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट सेयरनीलाई १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस कम्पनीले अहिले प्रस्ताव गरेको लाभांश १० वर्षयताकै न्यून हो। अघिल्लो आवको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र ६ दशलमव ०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको थियो। 

त्यस्तै आरएसडीसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पुँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश पारितको लागि कम्पनीले मङसिर १५ गते साधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ७ गते बुक क्लोज गरेको छ। यस बुक क्लोजको आधारमा मङसिर ६ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन्। यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

त्यस्तै गरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ। यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट पनि आफ्ना सेयरधनीलाई १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यस कम्पनीले नगद लाभांशमा जोड दिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १ २०८००१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend