आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मंसिरका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति?

images
बिहीबार , कात्तिक ३० २०८०
images
मंसिरका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति?
images
images

काठमाडौं- अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याजदरमा निक्षेप संकलन गरेकाले कर्जाको ब्याजदर समेत उच्च भएपछि विगत २ वर्षयता कर्जा प्रवाह न्युन रहँदै आएको छ। बैंकिङ प्रणालीमा करिब ५ खर्ब १४ अर्ब अधिक तरलता भएपनि कर्जाको ब्याजदर महँगो भएकोले कर्जा परिचालन न्यून छ। 

images
images
images

कर्जा प्रवाह न्युन हुँदा बैंकहरुको नाफा नै घट्न थालेपछि वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन्। कार्तिक महिनामा १५ वाणिज्य बैंकले ब्याजदर घटाएकोमा मंसिरमा १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। माछापुच्छ्रे बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाउको छ भने अन्य ६ बैंकले कात्तिककै ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएका छन्।

images
images

कात्तिकमा व्यक्तिगत मुद्दनी निक्षेपको ब्याजदर ९.२२३ प्रतिशत तोकेको एभरेष्ट बैंकले मंसिरका लागि ०.२२३ प्रतिशत विन्दुले घटाएर ९ प्रतिशत तोकेको छ।  यस बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत र रेमिट मुद्दती बचततर्फ  ११ प्रतिशत ब्याज दिने भएको छ।

images
images

सानिमा बैंकले पनि मंसिरका लागि साधारण मुद्दती निक्षेप ब्याजदर घटाएर ९ प्रतिशत कायम गरेको छ। यस बैंकले मंसिरमा संस्थागत मुद्दती निक्षेपकर्तालाई ७ प्रतिशत र रेमिट मुद्दती बचतकर्ताका लागि ११ प्रतिशत ब्याज दिने भएको छ।

नेपाल बैंक लिमिटेडले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। यस बैंकले साधारण मुद्दती निक्षकर्तालाई मंसिर महिनामा पनि  ९.२२४ प्रतिशत ब्याज दिने भएको छ।

सिटिजन्स इन्टरनेशल बैंकले मंसिर महिनाका लागि सामान्यरुपमा ब्याजदर घटाएको छ। यस बैंकले मंसिरमा साधारण मुद्दती निक्षेपमा ९.९५ प्रतिशत ब्याज दिने भएको छ।

हिमालयन बैंकले मंसिरका लागि ब्याजदर घटाएको छ। कात्तिकमा ६ महिनामाथिको मुद्दती निक्षेपमा यस बैंकले ११.००३ प्रतिशत ब्याजदर तोकेकोमा मंसिरका लागि  ९.१०३ प्रतिशतमा झारेको छ। मंसिरमा यस बैंकले ३ महिनासम्मको मुद्दतीको ब्याजदर ८.६०३, ९ महिनासम्मको ९.५०१ प्रतिशत र संस्थागत निक्षेपकर्ताका लागि ८.१०३ प्रतिशत ब्याज दिने भएको छ।

हिमालयन बैंकले १ देखि ५ वर्षको मुद्दति निक्षेपको ब्याजदर ८.५०३ प्रतिशत तोकेको छ।

कात्तिकमा साधारण मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत तोकेको ग्लोवल आइएमई बैंकले मंसिरका लागि ९.६० प्रतिशतमा झारेको छ। नविल बैंकले पनि साधारण मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतबाट घटाएर ९.१० प्रतिशतमा झारेको छ।

प्राइम कमर्सियल बैंकले कात्तिककै १०.२५ प्रतिशतको ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएको छ। यस बैंकले संस्थागत मुद्दती निक्षेप ८.२५ प्रतिशत र रेमिट मु्द्दतीमा १२ प्रतिशत ब्याजदर तोकेको छ।

प्रभु बैंक साधारण मुद्दती निक्षेपको ब्याजदर ९.२२ प्रतिशतबाट घटाएर मंसिरका लागि ९ प्रतिशत कायम गरेको छ।

लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाकै १० प्रतिशत साधारण मुद्दतीको ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएको छ।

माछापुच्छ्रे बैंकले भने कात्तिकको तुलनामा मंसिरका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ। कात्तिकमा साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत पुर्याएको यस बैंकले मंसिरका लागि १०.६०३ प्रतिशत तोकेको छ।

मंसिरका लागि एनएमबि बैंकले ब्याजदर घटाएको छ। कात्तिकमा सधारण मुद्दती निक्षेपको ब्याजदर ११.००३ प्रतिशत तोकेको यस बैंकले ६ महिनाभन्दा बढी अवधिको मुद्दतीमा ९ प्रतिशत र संस्थागत लागि ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

एनएमबि बैंकले १ वर्षसम्मको साधारण मुद्दती निक्षेपमा ९.५० प्रतिशत  र संस्थागत बचतकर्ताका लागि ७.७६ प्रतिशत ब्याज दिने निर्णय गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले साधारण मुद्दती निक्षेपको ब्याज ९.५० प्रतिशतबाट घटाएर ९ प्रतिशत झारेको छ।

कात्तिकमा साधारण मुद्दती निक्षेपमा १०.७ प्रतिशत ब्याजदर तोकेको नेपाल एसबिआई बैंकले पनि ब्याजदर घटाएको छ।

नेपाल एसबिआई बैंकले ६ महिना अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ८.५० प्रतिशत र संस्थागत ६.५० प्रतिशत तोकेको छ।

यस बैंकले १ वर्ष देखि २ वर्षसम्मको मुद्दतीको ब्याजदर  ९.२० प्रतिशत र संस्थागत निक्षेपकर्ताका लागि ७.२० प्रतिशत तोकेको छ। साथै यस बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दती निक्षेपमा  ७.६ प्रतिशत ब्याज दिने भएको छ।

यस्तै मंसिरमा नेपाल इन्भेष्टमेन्ट बैंकले ब्यक्तिगततर्फ ९.५१ प्रतिशत,स्टाण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मु्द्दतीतर्फ ५.२५ प्रतिशत देखि ८.९७ प्रतिशतसम्म ब्याजदर तोकेको छ। 

कृषि विकास बैंकले मंसिर महिनामा साधारण मुद्दती निक्षेपको ब्याजदर ९.०१० प्रतिशतदेखि १०.५१२ प्रतिशतसम्म तोकेको छ। कार्तिकमा यस बैंकले मुद्दती निक्षेपको ब्याजदर ९.२६ प्रतिशतदेखि १०.७६ प्रतिशत दिएको थियो।  

एनआईसी एसिया बैंकले पनि मंसिरका लागि ब्याजदर घटाएको छ। कात्तिकमा साधारण मुद्दतीको ब्याजदर अधिकतम ११.००३ प्रतिशत तोकेको यस बैंकले मंसिरका लागि घटाएर ८.९६८ प्रतिशत कायम गरेको छ। यस बैंकले संस्थागत मुद्दती निक्षेपकर्तालाई ६.९६८ प्रतिशत ब्याजदर दिने भएको छ। 

कुमारी बैंकले भने कात्तिककै ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएको छ। यस बैंकले मंसिरका लागि पनि साधारण मुद्दती निक्षेपको ब्याजदर १०.०१ प्रतिशत ब्याजदर तोकेको छ।


प्रकाशित : बिहीबार , कात्तिक ३० २०८००२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend