शुक्रबार, असोज ४ गते २०८१    
images
images

कोभिड प्रभावित ८७ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा

images
बुधबार, मंसिर ८ २०७८
images
images
कोभिड प्रभावित ८७ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा

कोभिड अघिको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्रै रहेको उत्पादन एवं कारोबारको अवस्था अहिले ७४.७ प्रतिशत पुगेको छ।

images
images

काठमाडौं-  कोभिड १९ बाट प्रभावितमध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएका छन्। नेपाल राष्ट्र बैंकले गरेको अध्यनन अनुसार ८७.२ प्रतिशत उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएका छन्।

images
images
images

कोभिड अघिको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्रै रहेको उत्पादन एवं कारोबारको अवस्था अहिले ७४.७ प्रतिशत पुगेको छ।

रोजगारीको अवसरमा पनि ठूलो सुधार आएको छ। रोजगारीको अवस्था ९७.२ प्रतिशत सुधार भएको केन्द्रीय बैंकले जनाएको छ। 
राष्ट्र बैंकले २०७७ असारमा गरेको पहिलो अध्ययनको पुनरावृत्ति अध्ययन प्रतिवेदन अहिले सार्वजनिक गरेको हो।

कोरोनाकालमा प्रभावित व्यवसासयमध्ये खानी तथा उत्खनन् क्षेत्र शतप्रतिशत सञ्चालनमा आएको छ। त्यस्तै कृषि क्षेत्र ७७ प्रतिशत प्रतिशत पूर्ण सञ्चलानमा छ। 

images

उत्पादनमुखि उद्योगमध्ये ८७ प्रतिशत पूर्ण सञ्चालनमा भएको छ। ११.८ प्रतिशत भने आंशिक सञ्चालनमा छन्। 

पछिल्लो कोरोना प्रभावबाट उन्मुक्त हुँदै गरेको अर्को क्षेत्र हो निर्माण। यो क्षेत्र गएको वैशाखमा ८३ प्रतिशत पूर्ण सञ्चालन थियो भने कात्तिकमा आएर ८८.९ प्रतिशत पुगेको छ। 

कोरोनाका कारणले सबैभन्दा प्राभवित क्षेत्र होटल तथा रेष्टुरेन्टले पनि लय समात्न लागेको छ। २०७७ सालको असारमा ९१ प्रतिशत बन्द रहेको यो क्षेत्र २०७८ को बैशाखमा जम्मा ५७ प्रतिशत पूर्ण सञ्चालनमा थियो। 

पछिल्लो समय कोरोना प्रभाव न्यूनीकरण हुँदै गएपछि होटल तथा पर्यटन क्षेत्रले लय समात्न थालेको छ। यो क्षेत्र यो कात्तिकमा ७८.७ प्रतिशत पूर्ण सञ्चालन भएको छ। अहिले आएर २१.३ प्रतिशतमात्र आंशिक सञ्चालनमा छन्। 

यातायात क्षेत्र पनि सुधारोन्मुख रहेको छ। यातायात क्षेत्रमा अहिले ९.१ प्रतिशतमात्र सञ्चालन हुन सकेका छैनन् भने ७२.७ प्रतिशत पूर्ण सञ्चालनमा छन्। 

आकारका हिसाबले सबैभन्दा राम्रो घरेलु र ठूला उद्योगमा रहेको छ। यो क्षेत्रका उद्योगहरु ९०.९ प्रतिशत पूर्ण सञ्चालनमा छन्। यसमा पनि कुनै पनि ठूला उद्योग अहिले बन्द अस्थामा छैनन्। साना तथा मझौला उद्योगहरु भने अझै केही प्रतिशत बन्द अवस्थामै छन्। लघु उद्योग २.६, साना ०.८, मझौला २.३ प्रतिशत अझै सञ्चालनमा आउन सकेका छैनन्। 

उद्योगको कारोबारको अवस्थामा पनि कोरोनाकाल अघिको तुलनामा ७४.७ प्रतिशत पुगेको छ। यसमा खानी तथा उत्छनन् क्षेत्र सबैभन्दा धेरै छ। यो क्षेत्रका उद्योगहरु कोरोनाकाल अघिको तुलनामा ९३.३ प्रतिशत कारोबार गर्ने अवस्थामा पुगेका छन्। त्यस्तै सबैभन्दा न्यून होटल तथा रेष्टुरेन्ट क्षेत्र ५७ प्रतिशतमात्र रहेको छ। 

कोरोनाका कारण उत्पादन बन्द हुँदा गुमेको रोजगारी पनि पुनरुत्थान्मुख रहेको छ। केन्द्रीय बैंकको सर्वेक्षण अनुसार कोरोना अघिको कायम रोजगारीमध्ये ९७.२ प्रतिशत कायम भएको छ। २०७७ को असारमा जम्मा ७७.५ प्रतिशतमात्र काममा थिए। २०७८ को बैशाखमा ९३ प्रतिशत थिए। त्यस्तै ज्यालामा गरिने खर्च पनि कोरोना अघिको तुलनामा ९६ प्रतिशत पुगेको छ। 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend