सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

दोस्रो बजारमा ‘अन्डरभ्यालु’ भएको नेपाल लाइफको वित्तीय सूचकमा उत्साहजनक सुधार

मंगलबार, कात्तिक २८ २०८०
दोस्रो बजारमा ‘अन्डरभ्यालु’ भएको नेपाल लाइफको वित्तीय सूचकमा उत्साहजनक सुधार

नेपाल लाइफले चालु वर्षको पहिलो तीन महिनामा उल्लेखनीय प्रगति गरेको छ। तीन महिनामा कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको वृद्धि भएको छ। आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ।

काठमाडौं- दोस्रो बजारको ब्लुचिप कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा पछिल्लो समय लगानीकर्ताको खासै आकर्षण देखिँदैन। कुनै समय ३ हजार रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य ६ सय ४४ रुपैयाँमा झरेको छ।

इन्स्योरेन्स कम्पनीमध्ये अझै पनि अब्बल रहेको कम्पनीको सेयर मूल्य अन्डरभ्यालु भएको छ। जुन सेयर खरिद गरेर होल्ड गर्न सक्नेले आगामी बुलमा मनग्य कमाउन सक्नेछन्।

बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफलाई चुक्ता पुँजीको पनि दबाब छैन। सेयर बजार १२०० अंकमा आइपुग्दा समेत नेपाल लाइफको सेयर मूल्य ९ सयभन्दा तल झरेको थिएन। समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३ हजारसम्म पुगेको थियो। तर अहिले मूल्य बढ्न सकेको छैन। जुन मूल्य इतिहासकै सस्तो हो। 

सूचकमा उत्साहजनक सुधार

नेपाल लाइफले चालु वर्षको पहिलो तीन महिनामा उल्लेखनीय प्रगति गरेको छ। तीन महिनामा कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको वृद्धि भएको छ। आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ।

कम्पनीको जगेडा तथा कोषमा करिब ७९.३३ करोड रुपैयाँ रहेको छ जुन अघिल्लो आवको अन्त्यसम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब १६५ अर्ब ५२ करोड रुपैयाँ रहेको ग्रस इन्स्योरेन्स कन्ट्र्याक्ट ल्याबलिटिज ५.८६ प्रतिशतले बढी करिब १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

महाविपत्ति कोषमा १०२ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो। कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ। असाेज मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ।

गत आर्थिक वर्षको अन्त्यमा करिब १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबीबापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ।

कम्पनीले असाेज मसान्तसम्ममा १० अर्ब ९३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो। यसैगरी कम्पनीले असाेज मसान्तसम्ममा १ अर्ब ५८ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ जुन समीक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक २८ २०८००६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend