शुक्रबार, असोज ४ गते २०८१    
images
images

४ महिनामै आयातमा बाहिरियो ६ खर्ब ५० अर्ब 

आयातसँगै निर्यात बढे पनि व्यापार घाटा चुलिँदो

images
बुधबार, मंसिर ८ २०७८
images
images
४ महिनामै आयातमा बाहिरियो ६ खर्ब ५० अर्ब 

चालु आर्थिक  वर्ष २०७८/०७९को पहिलो ४ महिना साउनदेखि कात्तिकसम्म नेपालले भारत तथा तेस्रो देशबाट ६ खर्ब ५० अर्ब रुपैयााँ बराबरको सामान आयात गरेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिना साउनदेखि कात्तिकसम्म नेपालले भारत तथा तेस्रो देशबाट ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ।

images
images
images

भन्सार विभागको तथ्यांकअनुसार आयातमा खर्च भएको रकम गत आवको सोही अवधिको तुलनामा ६१.५७ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालले भारत तथा तेस्रोत मुलुकबाट ४ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी सामान आयात गरेको थियो। आयातमा रकम बढ्दा अहिले बैंकिङ तरलता समेत बढेको छ। 

यसैगरी चालु आवको पहिलो ४ महिनामा निर्यात पनि १०४.२९ प्रतिशतले बढेको छ। चालु आवको पहिलो ४ महिनामा नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको सामान भारत तथा तेस्रोत देशमा निर्यात भएको छ। गत आवको सोही अवधिमा नेपालबाट कुल ४० अर्ब २० करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।

४ महिनाको  वैदेशिक व्यापार घाटा पनि बढेको छ। चालु आवको पहिलो ४ महिनाको ब्यापार घाटा ५६.८३ प्रतिशतले बढेको छ। चालुआवको पहिलो ४ महिनामा ५ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ। गत आवको सोही अवधिमा व्यापार घाटा ३ खर्ब ६२ अर्ब रुपैयाँ थियोे।

images

भन्सार विभागमा अनुसार चालु आवको पहिलो ४ महिनामा नेपालले कुल ७ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ।

वैदेशिक व्यापार पनि ६५.४५ प्रतिशतले बढेको विभागको तथ्यांकमा उल्लेख छ। गत आवको सोही अवधिमा नेपालले कुल ४ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो।


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend