शुक्रबार, असोज ४ गते २०८१    
images
images

चार महिनामै आयो २७ अर्बको सुनचाँदी, यी हुन् धेरै आयात हुने १० वस्तु 

images
बुधबार, मंसिर ८ २०७८
images
images
चार महिनामै आयो २७ अर्बको सुनचाँदी, यी हुन् धेरै आयात हुने १० वस्तु 

यो अवधिमा धेरै रुपैयाँको आयात हुने  १० वस्तुको सूचीमा सबैभन्दा माथि डिजेल रहेको छ। ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँको डिजेल आयात भएको छ। 

images
images

काठमाडौं- २०७८ सालको साउनदेखि कात्तिकसम्म २७ अर्ब रुपैयाँको सुनचाँदी आयात भएको छ। 

images
images
images

भन्सार विभागले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार यो अवधिमा कूल २७ अर्ब १८ करोड रुपैयाँको सुनचाँदी आयात भएको हो। 

विभागका अनुसार यो अवधिमा १४ अर्ब ९५ करोड ५० लाख रुपैयाँको सुन आयात भएको छ। यो अवधिमा २१ लाख ७७ हजार ५ सय ग्राम सुन आयात भएको हो। 

त्यस्तै यही अवधिमा १२ अर्ब  २२ करोड ८० लाख रुपैयाँको १२ करोड ९४ लाख ग्राम चाँदी आयात भएको छ। 

images

यो अवधिमा धेरै रुपैयाँको आयात हुने  १० वस्तुको सूचीमा सबैभन्दा माथि डिजेल रहेको छ। ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँको डिजेल आयात भएको छ। 

त्यस्तै प्रशोधन नगरिएको भटमासको तेल २७ अर्ब २२ करोड ७१ लाख रुपैयाँ, मोबाइल फोन २० अर्ब ३५ करोडको आयात भएको छ। 

त्यस्तै प्रशोधन नगरिएको पाल्म तेल १८ अर्बको आयात भएको छ भने १७ अर्बको स्टिल आयात भएको छ। खाना पकाउने ग्यास १७ अर्ब रुपैयाँको आयात भएको छ। यही अवधिमा ९ अर्ब रुपैयाँको औषधि तथा मेडिकल उपकरणको आयात भएको छ। 

 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend