सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २४ २०८०
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ। 

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोबर बनाएको हो।

'प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ', राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ। 

वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कुल रकम राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागलाई बुझाउनुपर्नेछ।


प्रकाशित : शुक्रबार, कात्तिक २४ २०८००८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend