आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

शोधनान्तर बचत १ खर्ब पुग्यो, विदेशी मुद्रा सञ्चिति १०.३ महिनाको आयात धान्न पर्याप्त

शुक्रबार, कात्तिक २४ २०८०
शोधनान्तर बचत १ खर्ब पुग्यो, विदेशी मुद्रा सञ्चिति १०.३ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता ५९ अर्ब ९ करोडले बचतमा रहेकाले मुलुकको शोधनान्तर बचत करिब १ खर्ब रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बिप्रेषण आप्रवाह ३० प्रतिशतले बढेकाले चालुखाता र शोधनान्तर बचत बढेको हो। गत वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो।

गत आर्थिक पहिलो त्रैमासमा चालुखाता ३५ अर्ब २४ करोड रुपैयाँ र शोधनान्तरस्थिति गत वर्षको सोही अवधिमा १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो।

चालुखाता र शोधनान्तर बचत बढेसँगै विदेशी मुद्राको सञ्चिति बढेको छ।

गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको ११ अर्ब ७१ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेकोमा असोज मसान्तसम्ममा बढेर १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले १२.४ महिनाको वस्तु र १०.३ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २४ २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend