आइतबार, मंसिर ९ गते २०८१    
images
images

रेमिट्यान्स आम्दानीमा कीर्तिमान, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड

images
शुक्रबार, कात्तिक २४ २०८०
images
images
रेमिट्यान्स आम्दानीमा कीर्तिमान, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड
images
images

काठमाडौं- रेमिट्यान्स आम्दानीमा कीर्तिमान कायम भएको छ। चालु आवको असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

images
images
images

चालु आवको साउनमा १ खर्ब १६ अर्ब र भदौ १ अर्ब १२ अर्ब रेमिट्यान्स भित्रिएको थियो। असोज महिनामा भित्रिएको रेमिट्यान्स रकम नेपालको इतिहास एक महिनामा भित्रिएको सबैभन्दा बढी हो।

images

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भइ ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो।

images

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भइ २ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो।

सोही अवधिमा  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३ सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २ सय ९७ रहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक २४ २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend