आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एभरेष्ट बैंकको अध्यक्षमा बालगोपाल नियुक्त

शुक्रबार, कात्तिक २४ २०८०
एभरेष्ट बैंकको अध्यक्षमा बालगोपाल नियुक्त

काठमाडौं- एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले वैद्यलाई बैंकको अध्यक्षमा बनाउने निर्णय गरेको हो। उनी यसअघि सञ्चालक सदस्य थिए।

यसअघिका बैंकका अध्यक्ष बिके (विष्णकुमार) श्रेष्ठको निधन भएपनि बैंकको अध्यक्ष पद रिक्त रहेको थियो। उक्त पदपूर्ति गर्नका लागि वैधलाई बैंकको अध्यक्ष बनाइएको हो।

श्रेष्ठको कात्तिक ६ गते ९४ वर्षको उमेरमा निधन भएको थियो। 

अध्यक्ष वैद्यले आज नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपियताको सपथ ग्रहण गर्ने बताइएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २४ २०८००७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend