शुक्रबार, असोज ४ गते २०८१    
images
images

एमाले महाधिवेशन उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ८ २०७८
images
images
एमाले महाधिवेशन उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको बताइएको छ।

images
images

चितवन- नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ। मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो।

images
images
images

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो।

बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए।

आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन्। तामाङले भने, 'यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ।'

images

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सो दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ। गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन्। महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा बनाइएको छ। उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ। रासस 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend