काठमाडौं- बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। मंगलबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको थियो। मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य १२ सय २५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी १२ सय ५५ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।