सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सेयर बजारमा लगातार दोहोरो अंकको सुधार, ९९ करोड ६५ लाखको कारोबार

images
मंगलबार, कात्तिक २१ २०८०
images
सेयर बजारमा लगातार दोहोरो अंकको सुधार, ९९ करोड ६५ लाखको कारोबार
images
images

काठमाडौं- यो साता आइतबार २१.४६ अंकले घटेर सोमबार २१.३० अंकले बढेको सेयर बजारमा मंगलबार पनि दोहोरो अंकको वृद्धि देखिएको छ। लगातार कमजोर देखिएको सेयर बजारमा अहिलेको वृद्धि उतारचढावपूर्ण अवस्थाकै निरन्तरता देखिए पनि यसले सकारात्मक संकेत गरेको विश्लेषकहरू बताउँछन्। 

images
images
images

सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

images
images

मंगलबार ११.२२ अंकले बढेर बजार १८५८.७६ बिन्दुमा पुगेको छ। १४४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ। ८३ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। बैंकमा तरलता सहज हुनुका साथै ब्याजदर घट्दो अवस्थामा भएकाले पनि सेयर बजार थप तल नजानेमा लगानीकर्ता आशावादी देखिन्छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend