आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आइतबार २१ अंकले घटेको सेयर बजारमा सोमबार २१ अंककै वृद्धि, ९३ करोड ८९ लाखको कारोबार

सोमबार, कात्तिक २० २०८०
आइतबार २१ अंकले घटेको सेयर बजारमा सोमबार २१ अंककै वृद्धि, ९३ करोड ८९ लाखको कारोबार

काठमाडौं- यो साता आइतबार २१.४६ अंकले घटेको सेयर बजारमा सोमबारको कारोबारमा २१.३० अंकको वृद्धि देखिएको छ। लगातार कमजोर देखिएको सेयर बजारमा सोमबारको वृद्धि उतारचढावपूर्ण अवस्थाकै निरन्तरता देखिन्छ। 

सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

सोमबार २१.३० अंकले बढेर बजार १८४७.५४ बिन्दुमा पुगेको छ। १९९ कम्पनीको सेयर मूल्य बढ्दा ९३ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ। ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। बैंकमा तरलता सहज हुनुका साथै ब्याजदर घट्दो अवस्थामा भएकाले पनि सेयर बजार थप तल नजानेमा लगानीकर्ता आशावादी देखिन्छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : सोमबार, कात्तिक २० २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend