आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

प्रिमियम आईपीओको अनुमतिमा आर्थिक चलखेल देखिएपछि धितोपत्र बोर्डमाथि लेखा समितिले थाल्यो छानबिन

आइतबार, कात्तिक १९ २०८०
प्रिमियम आईपीओको अनुमतिमा आर्थिक चलखेल देखिएपछि धितोपत्र बोर्डमाथि लेखा समितिले थाल्यो छानबिन

धितोपत्र बोर्डले आर्थिक चलेखल गरेको भन्दै उजुरी परेपछि लेखा समितिले तत्कालका लागि त्यस्ता आईपीओ रोकेर छानबिन गर्न पत्र काटेको हो।

काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डले जारी गरेका प्रिमियम आईपीओको छानबिन गर्ने भएको छ।

धितोपत्र बोर्डले आर्थिक चलेखल गरेको भन्दै उजुरी परेपछि लेखा समितिले तत्कालका लागि त्यस्ता आईपीओ रोकेर छानबिन गर्न पत्र काटेको हो। समितिले धितोपत्र बोर्डलाई यसअघि प्रिमियम मूल्यमा निष्कासन स्वीकृति दिएका आईपीओको सबै फाइल झिकाउन निर्देशन दिनुका साथै तत्काल कुनै पनि आईपीओ प्रिमियम मूल्यमा जारी नगर्न निर्देशनसमेत दिएको छ।

लेखा समितिले प्रिमियम आईपीओ सम्बन्धमा ३ पाना लामो प्रश्न खडा गर्दै धितोपत्र बोर्डलाई प्रिमियम आईपीओ जारी गर्दा के-कस्तो आर्थिक चलखेल भएको हो, त्यससम्बन्धी नियमहरु के छन् सो सम्बन्धमा तत्काल जवाफसहित उपस्थित हुन पत्र काटेको हो।

प्रिमियम मूल्यमा सेयर निष्कासन हुन लागेको हिमालयन रिको समेत आईपीओ रोक्न निर्देशन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि सिफारिस गर्नेसमेत निर्णय समितिले गरेको छ। बोर्डलाई १ हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ।


प्रकाशित : आइतबार, कात्तिक १९ २०८०१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend