आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

जाजरकोट भूकम्प प्रभावितका लागि एनआईसी एसिया बैंकको ५१ लाख सहयोग

आइतबार, कात्तिक १९ २०८०
जाजरकोट भूकम्प प्रभावितका लागि एनआईसी एसिया बैंकको ५१ लाख सहयोग

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो।

काठमाडौं- एनआईसी एसिया बैंकले जाजरकोटमा भएको भूकम्प प्रभावितका लागि ५१ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ। बैंकले उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने बताएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो। शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भइ गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लामा भएको क्षतिमा राहतस्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको बैंकले जनाएको छ।

उक्त भूकम्पमा परी ज्यान गुमाउनेहरु प्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यस बैंकका मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा उपलब्ध गराउँदै आएको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिइरहेको बैंकको दाबी छ। 

बैंकले आफ्नो स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी  २३ अर्ब ५८ करोड र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई कर तिरेको बैंकले जनाएको छ। 

यस बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशका ग्रामीण तथा साना सहरी क्षेत्रमा गरी यस बैंकले आफ्ना ७२५ शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ।


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend