आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नाफामा उछिनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई दोस्रो बजारमा पनि अब्बल बन्ने अवसर

images
शनिबार, कात्तिक १८ २०८०
images
नाफामा उछिनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई दोस्रो बजारमा पनि अब्बल बन्ने अवसर

यस अवधिमा बैंकको ब्याज आम्दानी करिब ८० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५ अर्ब ८६ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आर्थिक पहिलो त्रैमासमा ११ अर्ब ५० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ।

images
images

काठमाडौं- दोस्रो बजारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर न्यून मूल्यमा कारोबार भइरहेको छ। बैंकको सेयर बिहीबार प्रतिकित्ता १७३ रुपैयाँमा मात्रै कारोबार भएको छ। जसको सेयर मूल्य बैंकको नाफा र सूचकलाई हेर्ने हो भने अन्डरभ्यालुको रुपमा लिइन्छ। विगतमा दोस्रो बजारमा लाभांशमा अब्बल रहेको बैंकमा केही समस्या आएपछि खस्किएको थियो।

images
images
images

अहिले बैंकले लय समातेको छ। पहिलो तीन महिनामा १८ बैंकलाई उछिन्दै नाफा धेरै गर्ने सूचीमा पहिलो बनेको छ। दोस्रो बजारमा अहिले पनि सेयर मूल्य धेरै हुने बैंकमा नबिल र एनआईसी अगाडि रहेका छन्। एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड पनि धेरै मूल्य हुने बैंककै सूचीमा रहँदै आएका छन्।

images
images

बैंकको पछिल्लो एक वर्षको अवधिमा सबैभन्दा धेरै भने २ सय ७८ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम १७० रुपैयाँमा कारोबार भएको थियो। नाफामा यस बैंकले नबिल र ग्लोबल आईएमई बैंकलाई पछि पारेको छ। पहिलो त्रैमासमा यो बैंकले गत वर्षको तुलनामा ३३ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ।

images
images

यही अवधिमा नबिल बैंकको नाफा ६.५ प्रतिशतले बढेर १ अर्ब ४७ करोड र ग्लोबल आईएमई बैंकले १ अर्ब २२ करोड रुपैयाँ मात्रै खुद नाफा गर्न सफल भएको छ। खराब कर्जाका बाबजुद नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले मर्जर तथा एक्विजिसनमार्फत प्राप्त गरेको स्प्रेड दरको सुविधाको लाभ उठाउँदै नाफा बढाएको छ।

यस अवधिमा बैंकको खराब कर्जा ४.८३ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा १.५७ प्रतिशत रहेको थियो। यस अवधिमा बैंकले लोन लस प्रोभिजनिङका लागि इम्प्रियरमेन्ट चार्जबापत ६४ करोड रुपैयाँ खर्च बुक गरेको छ। गत वर्षको यही अवधिमा बैंकले यस्तो खर्चका लागि २८ करोड १६ लाख रुपैयाँ खर्च बुक गरेको थियो।

यस अवधिमा बैंकको ब्याज आम्दानी करिब ८० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५ अर्ब ८६ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आर्थिक पहिलो त्रैमासमा ११ अर्ब ५० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। यस अवधिमा बैंकको ब्याज आम्दानीसँगै ब्याज खर्च पनि बढेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्याज खर्च ३ अर्ब ७३ करोड रहेकोमा यस अवधिमा ७ अर्ब ३४ करोड पुगेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा उल्लेख्यरुपमा बढेको छ। गत वर्षको बैंकको खुद ब्याज आम्दानी २ अर्ब १२ करोड रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। 

यस अवधिमा बैंकको सञ्चालन नाफा करिब ९८ करोड रुपैयाँले बढेको छ। गत आर्थिक वर्ष यस अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा अहिले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले ६५ करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ४८ करोड ८२ लाख रुपैयाँ कर तिरेको थियो।

यस अवधिमा बैंकको कष्ट अफ फण्ड गत वर्षको तुलनामा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको कष्ट अफ फण्ड ७.६८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७.८५ प्रतिशत कायम भएको छ। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८३.८२ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्ष पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा आधार दर पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको आधार दर ९.१८ प्रतिशत रहेकोमा अहिले बढेर ९.९९ प्रतिशत रहेको छ। असोज महिनामा भने बैंकको आधार दर ९.९५ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको स्प्रेडदर ४.६१ प्रतिशत रहेको छ।


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend