आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नाफा वृद्धिमा आक्रामक देखिएको प्रभु बैंकको खराब कर्जा ४ प्रतिशत नजिक पुग्यो

शुक्रबार, कात्तिक १७ २०८०
नाफा वृद्धिमा आक्रामक देखिएको प्रभु बैंकको खराब कर्जा ४ प्रतिशत नजिक पुग्यो

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ। बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८० लाख ७४ लाख रुपैयाँ रहेको छ। यस्तै सञ्चालन नाफा ५१.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्रभु बैंकले नाफा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा ४६.७० प्रतिशतले बढी हो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ। बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८० लाख ७४ लाख रुपैयाँ रहेको छ। यस्तै सञ्चालन नाफा ५१.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ।

२ खर्ब ७६ अर्ब १४ करोड ८७ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३६ अर्ब ६६ करोड ४२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी भएको छ। २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ९३ करोड २८ लाख ३६ हजार रहेको छ।

बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा रहेको छ।

प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend