आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

भारतले २५ हजार टन चिनी नेपाललाई दिने

शुक्रबार, कात्तिक १७ २०८०
भारतले २५ हजार टन चिनी नेपाललाई दिने

आजमात्र सरकारले बजारमा ३ हजार टन चिनी पठाउने तयारी गरेको र अब बिस्तारै चिनीको आपूर्ति सहज हुने उनको भनाइ छ। 

काठमाडौं- भारतले नेपालाई जीटुजीको माध्यमबाट (सरकारदेखि सरकार) २५ हजार मेट्रिक टन चिनी दिने भएको छ। भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएपछि नेपाली बजारमा हाहाकार भएको छ।

दसैँदेखि नै बजारमा चिनीको अभाव चुलिएको र तिहार तथा छठमा अझै चर्किने सम्भावना रहेको छ। यस्तोमा तेस्रो मुलुकबाट चिनी आयात गर्ने साल्ट ट्रेडिङको प्रयास सफल भएको छैन।

भारतले जीटूजीको माध्यमबाट सरकारलाई चिनी दिने भएपछि यसबाट बजारमा माग व्यवस्थापनका लागि केही सहज हुने छ।भारतले दिएको चिनी साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीमार्फत वितरण हुनेछ।

तिहारअघि नै भारतबाट २५ हजार टन आउने र यसबाट बजारमा चिनीको माग व्यवस्थापन हुने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिए।

आजमात्र सरकारले बजारमा ३ हजार टन चिनी पठाउने तयारी गरेको र अब बिस्तारै चिनीको आपूर्ति सहज हुने उनको भनाइ छ।

नेपालको आफ्नै उत्पादन क्षमता १ लाख ५० हजार टन भएको तर माग भने २ लाख ८० हजार रहेको छ। आयातमै भर पर्नुपर्नेमा भारतले यही बेला प्रतिबन्ध लगाउँदा नेपाली बजारमा समस्या भएको थियो।


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend