आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

एनआईसी एसिया बैंकको खराब कर्जा १३२ प्रतिशतले बढ्दा नाफा ४३ प्रतिशतले घट्यो

images
शुक्रबार, कात्तिक १७ २०८०
images
एनआईसी एसिया बैंकको खराब कर्जा १३२ प्रतिशतले बढ्दा नाफा ४३ प्रतिशतले घट्यो
images
images

काठमाडौं- एनआईसी एसिया बैंकको खराब कर्जा बढ्दा बैंकको खुद नाफामा ४३ प्रतिशतको गिरावट देखिएको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनमा बैंकको खुद नाफा उल्लेखनीयरुपमा घटेको देखिएको हो।

images
images
images

गत वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा करिब १ अर्ब १ करोड मात्रै खुद नाफा गरेको छ। यस अवधिमा बैंकको नाफा करिब ७४ करोड रुपैयाँले घटेको छ।

images
images

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७८ प्रतिशत बिन्दुले बढेर १.३७ प्रतिशत पुगेकाले बैंकको नाफा घटेको हो। 

images
images

खराब कर्जा बढेपछि बैंकले लोन लस प्रोभिजनिङको रुपमा ६४ करोड लाख रुपैयाँ खर्च बुक गरेको थियो। अघिल्लो वर्षको यसै अवधिमा बैंकले १२ करोड ७८ लाख रुपैयाँ खराब कर्जा असुली गरेको थियो। यस अवधिमा बैंकको ब्याज आम्दानी उल्लेख्यरुपमा बढ्न सकेको देखिँदैन।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ अर्ब ९५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको पहिलो क्वाटरमा १० अर्ब १६ करोड रुपैयाँ मात्रै गर्न सफल भएको छ। बैंकको ब्याज आम्दानीको तुलनामा ब्याज खर्च गत वर्षको तुलनामा बढेकाले खुद ब्याज आम्दानी पनि घटेको छ।

गत आर्थिक वर्ष बैंकले ब्याज खर्च बापत ६ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष बैंकले खुद ब्याज आम्दानीबाट ३ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्ष ब्याज खर्च बढेकाले २ अर्ब ७६ करोड रुपैयाँ मात्रै गर्न सफल भएको छ। 

खुद शुल्क तथा कमिसन आम्दानी भने गत वर्षको तुलनामा करिब १५ करोड रुपैयाँले बढेको छ। गत आर्थिक वर्ष बैंकले खुद शुल्क तथा ब्याज आम्दानीबाट ५७ करोड २९ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ७३ करोड आम्दानी गरेको छ। 

बैंकको अन्य ट्रेडिङ आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले ट्रेडिङबाट १५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ७४ लाख रुपैयाँ मात्रै गरेको छ। 

यस अवधिमा बैंकको सञ्चालन नाफा ९८ करोड रुपैयाँ अर्थात् करिब ६१ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ खर्ब ५२ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ५४ करोड रुपैयाँ मात्रै गरेको छ। बैंकको नाफा घटेसँगै सरकारलाई तिर्ने आयकर पनि घटेको छ। बैंकले गत वर्षको पहिलो त्रैमासमा ७५ करोड २९ लाख आयकर तिरेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ४० करोड ५२ लाख रुपैयाँ कर तिरेको छ। यस अवधिमा बैंकको कष्ट अफ फण्ड गत वर्षको तुलनामा बढेको छ।

गत वर्षको पहिलो तीन महिनामा बैंकको औसत कष्ट अफ फण्ड ८.१८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८.३१ प्रतिशत कायम भएको छ। यस अवधिमा बैंकको आधार दर १०.६७ प्रतिशतबाट घटेर १०.५६ प्रतिशत कायम भएको छ।

बैंकको सीडी अनुपात ८०.८९ प्रतिशत रहेको छ। बैंकको स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend