आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

माछापुच्छ्रे बैंकको नाफासँगै अधिकांश सूचकमा सुधार

शुक्रबार, कात्तिक १७ २०८०
माछापुच्छ्रे बैंकको नाफासँगै अधिकांश सूचकमा सुधार

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटाएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेको छ। बैंकले इम्पेरमेन्ट चार्ज घटाएर १ करोड २२ लाखमा झरेसँगै सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९८ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर वितरण गरी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.४५ प्रतिशत घटेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ।

 


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend