आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एनएमबिको नाफा र प्रतिसेयर आम्दानी बढ्यो, अन्य सूचक कस्तो?

शुक्रबार, कात्तिक १७ २०८०
एनएमबिको नाफा र प्रतिसेयर आम्दानी बढ्यो, अन्य सूचक कस्तो?

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

काठमाडौं- एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढाएको छ। 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशत र सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९।९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४।०९ प्रतिशत घटेको छ भने कर्जा १।९१ प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend