आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

खराब कर्जा बढेपछि नबिलको नाफा ६.५ प्रतिशतले घट्यो, पहिलो त्रैमासमा गर्‍यो १ अर्ब ४६ करोड खुद नाफा

images
शुक्रबार, कात्तिक १७ २०८०
images
खराब कर्जा बढेपछि नबिलको नाफा ६.५ प्रतिशतले घट्यो, पहिलो त्रैमासमा गर्‍यो १ अर्ब ४६ करोड खुद नाफा

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेको नबिल बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा १० करोड २२ लाख अर्थात् ६.५ प्रतिशतले कम हो। 

images
images

काठमाडौं- नबिल बैंकको पहिलो त्रैमासको नाफा गत वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेको नबिल बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा १० करोड २२ लाख अर्थात् ६.५ प्रतिशतले कम हो।

images
images
images

बैंकको खराब कर्जा गत वर्षको तुलनामा ०.५४ प्रतिशतले बढेर १.५८ पुगेकाले बैंकको खुद नाफा घटेको हो। गत आर्थिक वर्षको यसै अवधिमा १.०४ प्रतिशत रहेको खराब कर्जा बढेर १.५८ प्रतिशत पुगेको हो। जसले गर्दा बैंकको इम्प्रियरमेन्ट चार्ज बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा इम्प्रियरमेन्ट चार्ज बापत बैंकले ९९ करोड ३४ लाख रुपैयाँ छुट्याएकोमा यस वर्ष १ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ।

images
images

यस अवधिमा बैंकले ब्याज आम्दानी १२ अर्ब १३ करोड रुपैयाँ गर्दा ब्याज खर्च ७ अर्ब ९५ करोड गरी खुद ब्याज आम्दानी ४ अर्ब १७ करोड रुपैयाँ गरेको छ। गत आर्थिक वर्ष बैंकले यस अवधिमा ३ अर्ब ६७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। 

images
images

यस्तै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद शुल्क तथा ब्याज आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकले ७५ करोड ५३ लाख रुपैयाँ खुद शुल्क तथा ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्ष बैंकको यस्तो आम्दानी ६२ करोड २८ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा बैंकको अपरेटिङ आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकले सञ्चालन आम्दानी ४ अर्ब रुपैयाँ गरेको छ। गत वर्षको यसै अवधिमा बैंकको अपरेटिङ आम्दानी ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको सञ्चालन नाफा पनि गत वर्षको तुलनामा १२ करोड रुपैयाँले घटेको छ। गत आर्थिक वर्ष बैंकले २ अर्ब २३ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा यस आर्थिक वर्ष २ अर्ब १२ करोड रुपैयाँ मात्रै गरेको छ। 

यस अवधिमा बैंकको कष्ट अफ फण्ड गत वर्षको तुलनामा ०.०२ प्रतिशत बिन्दुले घटेको छ। गत आर्थिक वर्षको यस अवधिमा बैंकको कष्ट अफ फण्ड ७.९१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ७.८९ प्रतिशत रहेको छ।

पहिलो त्रैमासमा बैंकको आधार दर ९.५८ प्रतिशत कायम भएको छ। जुन गत वर्षको यसै अवधिको तुलनामा बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकको आधार दर ९.४५ प्रतिशत रहेको थियो।

मर्जर सुविधा सकिएकाले बैंकले स्प्रेड दर ३.९९ प्रतिशतमा झारेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend