आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

समग्र सेयर बजार घट्दा पनि चन्द्रागिरी हिल्सको सेयर मूल्यमा किन देखियो उछाल?

images
बिहीबार , कात्तिक १६ २०८०
images
समग्र सेयर बजार घट्दा पनि चन्द्रागिरी हिल्सको सेयर मूल्यमा किन देखियो उछाल?

अन्य कम्पनीको सेयर मूल्य लगातार घटेर न्यून हुँदा चन्द्रागिरी हिल्सको भने खासै घटेको छैन।

images
images

काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ। समग्र सेयर बजार घट्दा पनि चन्द्रागिरीको सेयर मूल्य बिहीबार प्रतिकित्ता ६४ रुपैयाँले बढेको छ।

images
images
images

गत वर्ष १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले लाभांश दिने अनुमानमा सेयर मूल्यमा उछाल आएको छ। कम्पनीको सेयर मूल्य न्यून हुँदा ९ सय ७८ रुपैयाँ थियो। पछिल्लो ५२ हप्तामा सेयर मूल्य बढेर १५२० रुपैयाँसम्म पुगेको थियो। बिहीबार सेयर मूल्य १ हजार १ सय २४ रुपैयाँमा कारोबार भएको छ। अन्य कम्पनीको सेयर मूल्य लगातार घटेर न्यून हुँदा चन्द्रागिरी हिल्सको भने खासै घटेको छैन।

images
images

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९६.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

images
images

बाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनमा उल्लेख्य सुधार भएपछि कम्पनीको आम्दानी बढ्न गई खुद नाफा बढ्न पुगेको थियो। आउने वर्षहरुमा झनै बढ्ने अनुमान गरिएको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३६.५४ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कम्पनीको कुल आम्दानी ४०.५२ प्रतिशत बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८०१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend