आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, अधिकांशको हात खाली

बिहीबार , कात्तिक १६ २०८०
मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, अधिकांशको हात खाली

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ। कम्पनीको सेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको थियो।

काठमाडौं- मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ। कम्पनीको सेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको थियो।

सोमध्ये १ हजार ३३३ आवेदन रद्द भएको छ भने १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएको छ। १२ हजार ३८१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्। तीमध्ये थप ६ जनाले एक। एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका पाएका छन्। एक जनालाइ बाँकी रहेको ०.४५ कित्ता सेयर बाँडफाँट गरिएको छ।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर अकाउन्टबाट एफपीओ नतिजा हेर्न सक्नेछन्। साथै, मिर्मिरे लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend