आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बलियो बन्दै अमेरिकी डलर, बढ्दै मूल्यवृद्धिको दबाब 

बिहीबार , कात्तिक १६ २०८०
बलियो बन्दै अमेरिकी डलर, बढ्दै मूल्यवृद्धिको दबाब 

भारतीय अर्थतन्त्र यसको ठूलो दबाबमा परेको छ। ठूलो मात्रामा ऊर्जा आयात गर्ने भारतका लागि पुँजी पलायन अर्को टाउको दुस्खाइ बनेर थपिएको छ। पछिल्लो अवस्थासँग जुध्नका लागि भारतीय केन्द्रीय बैंकले केही नीति अघि सारेको छ। 

काठमाडौं- अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ। कारोबारको उपभोक्ता मूल्यमा डलरको भाउ आज उच्च बिन्दुमा पुगेको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ५७ पैसा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो। तर पछिल्लो साता डलरको भाउ यही बिन्दुमा घुमिरहेको छ। 

यतिमात्र होइन पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बनिरहेको छ। भारतीय रुपैयाँ कमजोर बन्द त्यसको सिधा प्रभाव नेपाली रूपैयाँमा देखिन्छ। 

अमेरिकी केन्द्रीय बैंकले लगातार नीतिगत ब्याजदरमा बढोत्तरीमात्र होइन अझै बढाउने अपेक्षासँगै डलर‍को तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदै आएको छ। अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि डललर लगानीको पनि आकर्षक स्रोत बनेको छ। यही कारणले गर्दा डलरको उकालो यात्रा जारी छ। डलरको उकालो यात्रा तय हुँदा संसारका मुख्य मुद्रा कमजोर बनेका छन्।  

भारतीय मुद्रा पनि दिन प्रतिदिन कमजोर हुँदै आएको छ। भारू कमजोर हुँदा यसको असर नेपाली रुपैयाँमा पनि सिधै पर्छ। विदेशी विनिमयका लागि नेपाली रुपैयाँ भारुसँग पेग छ। पछिल्ला दिनमा भारुको अवमूल्यन तीव्र छ। यही कारणले गर्दा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। भारतीय मुद्रा अमेरिकी डलरसँगको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ। यो समस्या भारूको मात्र होइन संसारका धेरै मुद्राको तुलनामा डलर बलियो भइरहेको छ।

नेपाली रुपैयाँ कमजोर हुँदा नेपालमा मूल्यवृद्धि झनै बढ्छ। अधिकांश उपभोग्य वस्तुको आयात हुने भएकाले डलर महँगो हुँदा मूल्य बढ्ने, व्यापार घाटा विस्तार हुने हुन्छ। यसको अवसर चालुखाता घाटासम्म पुग्ने गरेको छ।निर्यात नगन्य भएकाले डलरको भाउ बढ्दा रेमिट्यान्स बाहेक अरु कुनै पनि लाभ हुँदैन। डलरको भाउ बढ्दा यसको असर आयातमा देखिएको छ। आयातमा प्रति युनिट मूल्यमा अत्याधिक वृद्धि भएको छ। 

त्यस्तै यसको अर्को असर भनेको विदेश पढ्न जाने नेपाली, घुम्न तथा उपचारका लागि जानेहरुका लागि खर्च अझै बढ्छ। सरकारले ऋणको सवाँ तथा ब्याज भुक्तानी गर्दा पनि भार थपिन्छ। यद्यपि ऋणको बोझ धेरै नभएकाले यसको असर धेरै छैन। 

नेपालका लागि यसको लाभ भनेको एउटा मात्र भनेको रेमिट्यान्स हो। रेमिट्यान्स पाउने परिवारले बढी नेपाली रुपैयाँ पाउँछन्। डलरको भाउमा भएको वृद्धि अनुसार उनीहरुले यहाँ नेपाली रुपैयाँमा धेरै भुक्तानी पाउँछन्। यो बाहेक लाभभन्दा हानी धेरै रहेको छ। 

भारतीय अर्थतन्त्र यसको ठूलो दबाबमा परेको छ। ठूलो मात्रामा ऊर्जा आयात गर्ने भारतका लागि पुँजी पलायन अर्को टाउको दुस्खाइ बनेर थपिएको छ। पछिल्लो अवस्थासँग जुध्नका लागि भारतीय केन्द्रीय बैंकले केही नीति अघि सारेको छ। 

तर नेपालले वैदेशिक ऋणको भुक्तानीको दायित्वमा केही वृद्धि भएपनि समग्रमा आयात घट्ने र रेमिट्यान्स बढ्ने हुँदा डलरको आकासिँदो मूल्यवृद्धिको प्रभाव त्यति धेरै छैन वा पहिलेजस्तो छैन। आम्दानीको स्रोत रेमिट्यान्स मासिक रुपमा उच्च आइरहेको छ भने भुक्तानी गर्नुपर्ने आयात घटिरहेको छ। यसले गर्दा डलर बलियो हुँदा पहिलेजस्तो असर नपर्ने अधिकारीहरुको भनाइ छ। 


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend